काठमाडौं उपत्यकामा थपिए २५२ कोरोना संक्रमित

covid-19_corona
लोकपाटी न्यूज

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जसमध्ये ९७ महिला र १५५ पुरुष रहेका छन्।

उपत्यकाका तीन जिल्ला काठमाडौंमा २२५, भक्तपुरमा ४ र ललितपुरमा २३ जना कोरोना संक्रमित थपिएको मन्त्रालय जनाएको छ। हाल उपत्यकाभित्र २० हजार ५८६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। जसमध्ये काठमाडौंमा १६ हजार ९५८, ललितपुरमा २ हजार ४३४ र भक्तपुरमा १ हजार १९४ जना सक्रिय संक्रमित छन्।

आज देशभर आज २ हजार ७२५ को पीसीआर गर्दा ५७० जनामा कोरोना पुष्टि भएको हो। योसँगै देशभर कुल संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ। जसमध्ये ४० हजार ६८१ जना सक्रिय संक्रमित हुन्। १ लाख १८ हजार ८४३ जना भने संक्रमणमुक्त भइसकेका छन्। आज ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका छन्।

मंगलबार १४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७६ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्