काठमाडौं उपत्यकामा थपिए १३ सय ५७ कोरोना संक्रमित

corona_virus
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। पछिल्लो २४ घण्टामा शनिबार काठमाडौं उपत्यकामा थप १ हजार ३५७ कोरोना संक्रमित देखिएका छन्। काठमाडौंमा १ हजार ११३, भक्तपुरमा ४९ र ललितपुरमा १९५ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संक्रमितमध्ये ५६९ महिला र ७८८ पुरुष रहेका छन्। काठमाडौंमा मात्र हालसम्म १६ हजार ८९० सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् भने २१९ जनाको मृत्यु भएको छ। भक्तपुरमा हालसम्म एक हजार १५१ जना सक्रिय संक्रमित रहेका छन् भने ६६ जनाको मृत्यु भएको छ। ललितपुरमा दुई हजार ३०३ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६० जनाको संक्रमणबाट मृत्यु भएको छ।

काठमाडौंमा १० हजार ५०१ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार २५७ जना होम आइसोलेसनमा रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्