काठमाडौं उपत्यकामा थप १५३५ जनामा कोरोना

corona_virus
  • 3
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ९ असोज। काठमाडौं उपत्यकामा थप १५३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा १२२५, भक्तपुरमा १६३ र ललितपुरमा १४७ जनामा संक्रमण पुष्टि भएको छ।

उपत्यकामा नयाँ पुष्टि भएका १५३५ संक्रमितमध्ये ९०६ जना पुरुष र ६२९ जना महिला रहेका छन्। काठमाडौं जिल्लामा हालसम्म ५६ हजार ३०२ जना संक्रमित भइसकेका छन्। तीमध्ये ३६ हजार २८३ जना निको भएका छन् भने १९३ जनाको मृत्यु भएको छ। हाल १९ हजार ८२६ सक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा होम आइसोलेसनमा १० हजार ५०१ जना रहेका छन्।

ललितपुर जिल्लामा हालसम्म ७८८३ जना संक्रमित भएका छन्। तीमध्ये ५३९९ जना निको भएका छन् भने ५४ जनाको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या २४३० रहेको छ। ललितपुरमा २६४३ जना होम आइसोलेसनमा छन्।

भक्तपुर जिल्लामा हालसम्म ५३१३ जना संक्रमित भएका छन्। तीमध्ये ३७६३ जना निको भएका छन् भने ५६ जनाको मृत्यु भएको छ। हाल सक्रिय संक्रमितको संख्या १४९४ रहेको छ। भक्तपुरमा १७१९ जना होम आइसोलेसनमा छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्