काठमाडौं उपत्यकामा १५ सय ५२ जना कोरोना संक्रमित थपिए

covid-19_corona
लोकपाटी न्यूज
0 Shares

काठमाडौं, ६ असोज। पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमणको जोखिम बढिरहेको छ। पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमध्ये काठमाडौंमा १ हजार २ सय ८३, भक्तपुरमा १ सय १२ र ललितपुरमा १५७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

बितेको २४ घण्टामा नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्