कृष्णबहादुर महरा पत्नि सीता गम्भीर बिरामी

helicopter
तस्विर : शरद रेग्मी
लाेकपाटी न्यूज

तुलसीपुर, १४ कात्तिक। पूर्व सभामुख कृष्णबहादुर महराकी श्रीमती सीता महिरा गम्भीर विरामी भएपछि उपचारका लागि हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको छ।

एभरेष्ट एरलान्सको हेलिकोप्टरमार्फत् घोराहीवाट महरा पत्नि ५९ बर्षीया महरालाई शुक्रवार बिहान ९ बजेतिर उपचारका लागि काठमाडौं लगिएको हो।

सीता महरालाई गम्भीर प्रकृतिको निमोनिया भएको र त्यसले गर्दा स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि हेलिकोप्टरमार्फट काठमाडौं लैजानु परेको जानकारी दिइएको छ।

महरा गत निर्वाचनमा दाङको क्षेत्र नं. २ बाट निर्वाचित भएका थिए। उनी दाङमा आउँदा छोराको घरमा बस्दै आएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्