कोरोनाका कारण पोखरामा थप ४ जनाको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

पोखरा, ९ कात्तिक। पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयले आइतबार बिहान दिएको जानकारी अनुसार मृत्यु हुनेमा ३ पुरुष र १ महिला रहेका छन्।

कास्कीको पोखरा महानगरपालिका १५ की ५२ वर्षीया महिलाको शनिबार राति १०ः२० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसियूमा उपचारका क्रममा मृत्यु भएको हो। ८ गते बिहान कोरोना पुष्टि भएपछि अस्पताल भर्ना गरिएकी ती महिलामा कोरोनासहित निमोनिया र एआरडिएसको समस्य रहेको बताइएको छ।

त्यसैगरी पोखरा महानगरपालिका १ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको कात्तिक ७ गते बेलुका ७ः४५ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा मृत्यु भएको छ। कोभिड-१९ सहित निमोनियाको समस्या रहेका ती पुरुषमा ३ गते कोरोना पुष्टि भएको थियो भने ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

यस्तै पोखरा महानगरपालिका २२ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको ८ गते बिहान ०९ः३० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। कोभिड-१९ सहित निमोनयाको समस्या रहेका ती पुरुषमा ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो र ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।

त्यसैगरी पोखरा महानगरपालिका-३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको ८ गते दिउसो ४ः२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आई.सि.यु. मा उपचारका क्रममा मृत्यु भएको हो।

कोभिड-१९ सहित निमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या रहेका ती पुरुषमा ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो र ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्