कोरोना संक्रमण मुक्त भएर घर फर्किए कमल थापा

kamal-thapa
लोकपाटी न्यूज

काठमाडौं। कोरोना संक्रमणको उपचारका लागि राजधानीको ओम अस्पताल भर्ना भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइतबार डिस्चार्ज भएका छन्।

उनी दस दिनसम्म अस्पताल बसाइपछि आइतबार घर फर्केका हुन्। गत असोज ३० गते कोरोना संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो। स्वास्थ्यलाभपछि उनले अस्पतालका स्वास्थ्यकर्मी तथा अस्पताल परिवारलाई धन्यवाद दिएका छन्।

उनले दसैँ सतर्कतासाथ मनाउन पनि सर्वसाधारणमाझ एक भिडियो सन्देशमार्फत आग्रह गरेका छन्।