कोरोना संक्रमित थप तीन जनाको मृत्यु

coronadeath
फाइल तस्वीर
  • 5
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ८ असोज। कोरोना भाइरस संक्रमणबाट रुपन्देही, बाँके र पाल्पामा गरी थप तीन जनाको मृत्यु भएको छ। योसँगै नेपालका कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ सय ३२ पुगेको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ का ७५ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा शनिबार बिहान मृत्यु भएको हो। उनी फोक्सो सम्बन्धि समस्याबाट पीडित थिए। उनमा ५ कात्तिकमा कोरोना पुष्टि भएको थियो।

उपचारका क्रममा शनिबार बिहान पौने ८ बजे उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए। योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ।

त्यसैगरी बाँकेमा पनि कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।

२६ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनको गए राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

त्यसैगरी पाल्पामा शनिबार बिहान एक जना कोरोना संक्रमित पुरुषको निधन भएको छ।तानसेनस्थित मिसन अस्पताल, भुषालडााडामा उपचारका क्रममा तानसेन नगरपालिका १, गैरागाउँका ५६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए।

ढाड दुख्ने समस्या भएपछि मिसन अस्पतालमा उपचारका लागि गएको वडा सदस्य नारायण न्यौपानेले बताए। मृतक पुरुषको मिसन अस्पतालबाट स्वाब संकलन गर्दा नौ दिनअघि कोरोना पोजिटिभ देखिएको थियो। पाल्पामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्