गोरखाकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

चितवन, ११ कार्तिक। गोरखाकी एक कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ। चितवनमा उपचारका क्रममा मृत्यु भएको हो। बारपाक सुलिकोट गाउँपालिका १ कि १९ वर्षीया महिलाको मंगलबार दिउँसो पौने ४ बजे मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ।

कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भई ६ गते अस्पताल भएकी ती महिलामा स्वासप्रश्वासमा समस्या देखिएको थियो र आईसीयूमा राखेर उपचार गरिएको थियो।

स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि भेन्टिलेटरमा राखी उपचारका सबै उपायहरु गर्दा गर्दै मृत्यु भएको अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ। अस्पतालका अनुसार उनी सुत्केरी भएको १९ दिन भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्