गोरखादेखि ल्याइएको फूलपाती हनुमानढोकाको दशैं घरमा भित्र्याइयो

pic
लाेकपाटी न्यूज

काठमाडौं। गोरखादेखि ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोकास्थिति दशैं घरमा भित्र्याइएको छ।

नेपाल एकीकरणसँगै नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहका पालादेखि नै गोरखाबाट हिड्दै बोकेर ल्याइएको फूलपाती हनुमानढोकामा भित्र्याउने प्रचलन रहेको छ।

सो प्रचलन त्यसबेलादेखि अहिलेसम्म निरन्तर रही आएको छ। त्यसैगरी नेपाली सेनाले काठमाडौंको टुँडिखेलमा फूलपाती बढाईँ गरेको छ। नेपाली सेनाले बडादशै अन्तर्गत फूलपातीका दिन टुँडिखेलमा फूलपाती बढाईँ गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्