गोरखामा कोभिड-१९ स्वयंसेवाको सक्रियता तिब्र

1
लाेकपाटी न्यूज

गोरखा, ८ कार्तिक। कोरोना महामारीले पारेको असर र यसबाट बच्ने उपायबारे जनचेतनासहित दसैंको पूर्वसन्ध्यामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले गृहजिल्ला गोरखामा व्यस्त भएका छन्।कोभिड-१९ को सन्दर्भमा उपचार, नियन्त्रण र सचेतना अभियान सञ्चालन गरेका श्रेष्ठ कोरोना महामारीका बीचमा समेत जनतासँग अन्तरसम्वाद गर्दै गोरखा पुगेका हुन्।

काठमाडौंको बालाजु र गोंगबु बसपार्क तथा गोरखा जिल्लाको हरमटारी, बार्हकिलो, पालुङटारमा, भच्चेक लगायतका बिभिन्न स्थानमा हेल्प डेस्क स्थापना गरी कोभिड विरुद्धको सचेतना अभियान संचालन भइरहेको र अभियानले गोरखा जिल्लाका सबै पालिकाका सचेतना अभियान सञ्चालन गरिरहेको उक्त अभियानका संयोजक इन्द्रराज भट्टराईले बताए।

शुक्रबार बिहान श्रेष्ठले सिरानचोक गाउँपालिकाको हर्मी र पालुङटारको आँपपिपलमा जनतासँग अन्तरसम्वाद गर्दै दसैंको शुभकामना समेत आदानप्रदान गरेका थिए। यसै सन्दर्भमा श्रेष्ठले बिहीबार पालुङटार नगरपालिका वडा नम्बर १ स्थित खोप्लाङ डाडागाउँ नेवारी गुठीलाई केही थान नेवारी सांस्कृतिक बाजागाजा र नेवारी पोसाक उपलब्ध गराएका छन्।

यसैगरी उनले सिरानचोकको हर्मी स्वास्थ्य चौकीका लागि केही थान पीपीई सेट र अन्य स्वास्थ्य सामाग्री, अजिरकोट भच्चेकको नमूना प्राविधिक शिक्षालय र काफलडाँडास्थित जीवनज्योति मा.विलाई १५ थान कम्प्युटर हस्तान्तरण गरेका छन्। अहिलेको विषम परिस्थितिमा समेत उपस्थित भएर विद्यालयलाई कम्प्युटर उपलब्ध गराएर विद्यार्थीहरुलाई प्रविधिमैत्री बनाउने अभियानमा महत्वपूर्ण योगदान गरेको अजिरकोटकी युवा नेता अनिता भुजेलल बताइन्।

कोभिड-१९ स्वयंसेवा अभियान (CVS) ले हालसम्म सयौं नागरिकलाई पीसीआर टेस्ट गर्न, आइसोलेसन व्यवस्थापन गर्न तथा रोजगारी गुमाएर वा भिसा सकिएर विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फिर्ता हुन सहजीकरण र सहयोग गर्दै आइरहेको छ।

2

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्