चाडपर्व मान्दा स्वास्थ्य सुरक्षामा अधिक ध्यान राखौँ : उपराष्ट्रपति पुन

Nanda-Bahadur-Pun pasang
लोकपाटी न्यूज
0 Shares

काठमाडौं।उपराष्ट्रपति पुनले चाडपर्व मान्दा स्वास्थ्य सुरक्षामा ध्यान दिन सुझाव दिएका छन्। हाम्रो देशमा मनाइने सबै खाले चाड पर्वहरुले नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेका उल्लेख गर्दै उपराष्ट्रपति पुनले बडा दसैंको यस पावन पर्वको माध्यामबाट नेपालीहरुकाबीच आपसी सद्भाव, सहिष्णुता, भाईचारा र बलियो एकताको अभिवृद्धि हुँदै जाने कुरामा विश्वास व्यक्त गरेका छन्।

शुभकामना सन्देशसँगै उपराष्ट्रपति पुनले कोरोना भाइरसले स्वास्थ्य अवस्था जटिल भएकाहरुको उचित उपचारको प्रवन्ध गर्न तथा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै तहका सरकारको ध्यानाकर्षणसमेत गराएका छन्।

‘कोरोना भाइरसको महामारीका कारण यसवर्षको बडा दसैं विगत वर्षहरुको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था रहेन। यो प्रतिकुल अवस्थामा आइपुगेको बडा दसैं सबै नेपालीले जहाँ छौं त्यहीं अवस्थामा घरमै बसेर मनाउनुहुनेमा विश्वस्त छु’, उपराष्ट्रपति पुनले भनेका छन्, ‘वर्ष दिनमा आइपुगेको महान् चाडलाई कोरोना भाइरस संक्रमण थप फैलने माध्यम बन्न नदिन र चाड मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपील गर्दछु।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्