चाैरसियाका हत्यारामाथि कडा कार्वाही गरियाेस् : कार्यकारी अध्यक्ष प्रचण्ड

Prachanda Photo
लाेकपाटी न्यूज

काठमाडौं, ९ असोज। नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका सचिव मुकेश चौरसियाको हत्यामा संलग्नलाई कारवाही गर्न सरकारसँग माग गरेका छन्।

पार्टी कमिटीको सपथ ग्रहण कार्यक्रममा केही अवाञ्छित तत्वहरुको आक्रमणमा परी पार्टी जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव चौरसियाको हत्या गरिएको भन्दै अध्यक्ष प्रचण्डले दोषी जोसुकै भएपनि कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका हुन्।

आइतबार अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‛म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकल परिवारजनमा समवेदना प्रकट गर्दछु।’

‘यस सम्बन्धमा पार्टी जिल्ला कमिटीका इन्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट हत्याको भत्र्सना गर्दै क. चौरसियालाई सहिद घोषणा गर्न तथा हत्यारालाई कडा कारवाही गर्न माग गर्दै वक्तव्य जारी भएको पनि विदित नै छ।’ उनले हत्या जस्तो जघन्य अपराध हुँदा समेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

pd

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्