चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

चितवन, ९ असोज। कोभिड–१९ को सङ्क्रमणबाट चितवनमा थप दुई सङ्क्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती सङ्क्रमितको मृत्यु भएको हो।

चितवन मेडिकल कलेजमा मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए। निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो।

उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो। ती पुरुषमा कात्तिक ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। यस्तै पुरानो मेडिकल कलेजमा रौतहट चन्द्रनिगाहापुर नगरपालिका १ कि ७७ वर्षकी महिलाको मृत्यु भएको छ।

निमोनियाका कारण उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको र सोही दिन मृत्यु भएको हो । उनमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्