चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

चितवन, कार्तिक। चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुरको गैंडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मंगलबार साँझ मृत्यु भएको अस्पतालले जनाएको छ।

कात्तिक ३ गते स्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा ४ गते संक्रमण पुष्टि भएको थियो।

यस्तै भरतपुर अस्पतालमा उपचाररत गोरखाकी १९ वर्षीया युवतीको पनि कोरोनाले मंगलबार साँझ नै मृत्यु भएको छ।

बारपाक सुलिकोट गाउँपालिका १ की युवतीको कार्तिक ५ गते कोभिड– १९ संक्रमण पुष्टी भएको थियो। श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई कार्तिक ६ गते आइसीयुमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्