चितवन मेडिकल कलेजमा थप दुई कोरोना संक्रमितको मृत्यु

coronadeath
फाइल तस्वीर
लोकपाटी न्यूज
0 Shares

चितवन, १४ कार्तिक। चितवन मेडिकल कलेजमा उपचाररत थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका रहेका छन् भने अर्का रुपन्देहीका हुन्।

अस्पतालका अनुसार रत्ननगरपालिका ९ का ८८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो। उच्च रक्तचाप र मधुमेहको समस्या भएका उनी अस्पतालमा कात्तिक ११ गते भर्ना भएका थिए।

उनको स्वाब परीक्षण गर्दा १२ गते कोरोना पुष्टि भएको थियो। अस्पतालको कोभिड आईसीयू कक्षमा उपचाररत उनको आज बिहान ६ः५४ मृत्यु भएको अस्पतालका प्रेस संयोजक डा. किशोर अधिकारीले जानकारी दिए।

यस्तै रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका ८ का ८४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। अस्पतालका अनुसार उनी कात्तिक ३ गते कोरोना पुष्टि भएर ११ गते अस्पताल भर्ना भएका थिए।

ज्वरो, उच्च रक्तचाप र श्वासप्रश्वासको समस्या भएका उनको गएराति ११ः४७ बजे मृत्यु भएको डा. अधिकारीले जानकारी दिए। उनको स्वास्थ्यमा जटिल समस्या भएपछि कोभिड आईसीयू कक्षमा राखेर उपचार हुँदै आएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्