जनचेतनामुलक गीत ‘कोरोनाको डर छ’ सार्वजनिक (भिडियो)

safe_image pic
लाेकपाटी न्यूज

काठमाडौं। जनचेतनामुलक गीत ‘कोरोनाको डर छ’ को म्यूजिक भिडियो शनिबार सार्वजनिक गरिएको छ। गोरखा काठमाडौं जनसांस्कृतिक मञ्च र कोभिड-१९ स्वंय सेवाको संयुक्त प्रस्तुतिमा उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याइएको हो।

जनचेतनामूलक जिंगल सार्वजनिक यातायातका साधनहरुमा निरन्तर बजिरहेको छ भने सचेतनामुलक गीतको भिडियो भने शनिबार सार्वजनिक गरिएको हो अभियानका संयोजक इन्द्रराज भट्टराईले बताए।

दिपसागर थापाको संगित रहेको उक्त गीतमा दिपसागर थापा, सागर गुरुङ,सुरु थापा, रेजिना परियार, सुमन परियार,शिशिर गुरुङ, सुजन परियार, मोहन गोरखाली, डीबी गुरुङ, सुनिल गुरुङ, कमल थापा,खेमराज तिवारी, कविराज ढकाल,मिमा गुरुङ, सरिता कुमाल, निशा गुरुङ, रञ्जित परियारको स्वर रहेको उक्त गीतको संगीत संयोजन भने विपिन आचार्यले गरेका हुन्।

उक्त गीतमा कलाकार रञ्जिता गुरुङ, मरिचमान श्रेष्ठ बल्छि ध्रुवे, राजु मास्टर अनिता बस्नेत लगायतको अभिनय रहेको छ। सुमन पण्डितको शब्द रहेको गीतको परिकल्पना किरण पन्तले गरेका हुन्।

भदौं २७ गते नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयअन्तर्गत कोभिड १९ स्वयम् सेवा (सिभिएस) गठन गरिएको हो। सिभिएसले कोभिड उपचार सम्बन्धी प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग, मनोसामाजिक परामर्श ,आपतकालीन स्वास्थ्य परामर्श, आप्रबासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमा समन्वय तथा सहयोग, कोभिड–१९ बारे सचेतना लगायतका काम गर्दै आइरहेको छ।सिभिएसले नेपाल सरकारको कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी नीति, योजना र निर्देशलाई मुल मार्गदर्शन मानी कार्यान्वयनमा सहयोग पु¥याउदै आएको छ।

अभियान सुरुवात भएदेखि पी सी आर टेस्ट  १८५ जनाको, आइसोलेसन व्यवस्थापन सहयोग १८ जनाको, विदेशमा रहेका नागरिकको समस्या १४ वटा मध्य (साउदी,  कतार, मलेसिया, मकाउ, अष्ट्रेलिया, युएई) देशको समस्या समाधान गरिएको छ भने ५ वटा अन्य केश प्रक्रियामा रहेका छन्। अन्य केश – १० वटा (अस्पताल सहजीकरण र सहयोग) गरिएको छ।

टेकु अस्पतालमा एऋच् को दायरा बढाउन सहजीकरण गर्दै आएको अभियानले प्रत्येक दिन ८०० सम्मको टेस्ट हुने गरेको जनाएको छ। अभियानले नागार्जुन नगरपालिकाको रानीवनको आइसोलेसन सेन्टरको फोहोर र ढल व्यवस्थापन तथा वडा कार्यालयले गरेको स्वाव कलेक्सनमा सहजीकरण गरेको थियो।

यस्तै, कोभिड-१९ स्वयंसेवाले गोरखामा चाडपर्व केन्द्रित कोभिड-१९ सचेतना अभियान अन्तरगत बालाजु र गोंगबु बसपार्क क्षेत्रबाट सुरु गरी गोरखा सदरमुकामको हरमटारी चोक, बार्हकिलो, भच्चेक र पालुङटारमा सहायता कक्ष (help desk) संचालनमा ल्याएको छ। गोरखाका ११ वटै स्थानीयतहहरुमा जनप्रतिनिधि तथा प्रत्येक घर घरमा चाडपर्वको शुभकामनासहित कोभिड सचेतनामुलक प्रचार सामाग्रीहरु वितरण गरेको थियो।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्