जनप्रतिनिधिको भत्ता स्वास्थ्य चौकी स्तरोन्नतिमा

FB_IMG_1603372626669
लाेकपाटी न्यूज

राजेन्द्र बिक/ बाजुरा, ७ कार्तिक। बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष धर्मराज पाध्याय लगायत वडा सदस्यहरुले आफूहरुले पाउने विभिन्न भत्ताको रकम स्वास्थ्य चौकीको स्तरउन्नतीमा दिने निणर्य गरेका छन्।

दशैंको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी सार्बजनिक रुपमा चुथी स्वास्थ्य चौकीको जग्गा ब्यबस्थापन गर्न सो रकम दिने निणर्य गरेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन्।

बिगतझै हाम्रो तर्फबाट विपन्नलाई दशैंमा हाम्रो भत्ता बापतको सहयोग यस वर्ष कोरोनाले देश थला परिरहेको अवस्थालाई मध्यनजर गर वडा अध्यक्षले पाउने १८ हजार र वडा सदस्यले पाउने ८ हजार चुथि स्वास्थ्य चौकिको स्तर उन्नतिका लागि जग्गा व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेका छौँ वडाअध्यक्ष पाध्यायले बताए।

बिहीबार सम्पन्न बिजया दशमि तथा शुभ दिपावलि शुभकामना आदान प्रदान कार्यक्रममा सो रकम दिने घोषणा गरेको वडा सदस्य धनलाल पाध्यायले बताए। विगतदेखि सामाजिक क्षेत्रमा सहयो गर्दै आयका वडा अध्यक्षको प्रस्तावमा यश बर्ष स्वास्थ्य चौकी स्तर उन्नतिमा लगानीमा सबैले सहमति जनाएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्