स्वास्थ्य मन्त्रालयकाे प्रक्षेपण : ‘जाडाेमा संक्रमितकाे संख्या चार लाख नाघ्नेछ’

Health mantralaye
लाेकपाटी न्यूज

काठमाडौं, ९ कात्तिक। जाडो मौसममा नेपालमा कोरोना संक्रमितको संख्या करिब चार लाख पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आँकलन गरेको छ। त्यसका लागि आवश्यक तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

हाल नेपामा कोरोना संक्रमितको संख्या करिब डेढ लाख छ। दिनप्रतिदिन संक्रमण बढीरहेको छ। जाडो मौसममा संक्रमण झन् बढ्ने र यसको असर धेरै हुने मन्त्रालयको आँकलन छ। ‘जाडो याममा करिब ४ लाख संक्रमित हुने र ६ लाख प्रभावीत हुने हाम्रो आँकलन छ, जाडोको समय हाम्रो लागि झनै चुनौतीपूर्ण छ’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने।

यूरोप लगायतका देशमा पनि जाडो सुरु भएयता कोरोनाको दोस्रो लहर बढेको छ, जून पहिलेभन्दा भयाभह छ। नेपालमा पनि जाडो मौसम निकै जोखिमपूर्ण हुने भएको छ।

हुन त विभिन्न देशमा भ्याक्सिन पनि निर्माण भइरहेको छ। जून छिटोमा पुस महिनाको अन्तिममा तयार हुनेछ। भ्याक्सिन सफल नै भए पनि नेपाल आउन फागुन लाग्ने देखिन्छ। जसकारण मंसिर, पुस र माघ महिना नेपालमा कोरोना भयाभह बन्ने चिन्ता चिकित्सकहरुको छ। दशैं, तिहारका कारण संक्रमण गाउँ गाउँ पुग्ने र फैलने जोखिम आँकलन गरिएको छ। दृष्टिबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्