जूमका निःशुल्क र सःशुल्क प्रयोगकर्तालाई इण्ड टू इण्ड इन्क्रिप्सन उपलब्ध

zoom
लाेकपाटी न्यूज

काठमाडौं। जूमले सबै प्रयोगकर्तालाई निःशूल्क इन्ड टु इन्ड इन्क्रिप्सन फिचर उपलब्ध गराउन थालेको छ। निःशुल्क र सःशुल्क प्रयोगकर्ताहरुलाई इण्ड टू इण्ड इन्क्रिप्सन फिचर उपलब्ध गराउन थालेको हो।

यस फिचरले गर्दा भिडियो च्याट र बैठकहरु अझै सुरक्षित हुन्छन्। इन्ड टु इन्ट इन्क्रिप्सन फिचरलाई जूमको डेक्स्टप क्लायन्ट, एन्ड्रोइड एप र जूम रुमहरुमा अब एक्टीभेट गर्न सकिने छ।

यो आईओएसमा पनि चाँडै उपलब्ध हुनेछ। हरेक प्रयोगकर्ताहरुले म्यानुअल्लीनै यो फिचर सेटिङ्गमा गएर स्वीच अन गर्नुपर्ने हुन्छ। कलको माथिल्लो बाँया भागमा हरियो आइकन देखाएमा यो फिचर सुरु भएको जानकारी लिन सकिन्छ।

जूमले ३० दिन भरिमा प्रयोगकर्ताहरुले यो फिचरको बारेमा प्रतिक्रिया दिने छन् भन्ने आशा गरेको छ। यो महामारीको समयमा जूमको प्रयोग एकदमै बढदै गएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्