‘डा. गोविन्द केसी बाँच्नुपर्छ, तुरुन्त वार्ता गर’

Baburam-Bhattarai
लाेकपाटी न्यूज

काठमाडौं, २० असोज। पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डाक्टर बाबुराम भट्टराईले अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन्। डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि सरकारले वार्ताको पहलसमेत नगरेको भन्दै डा. भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत् आग्रह गरेका हुन्।

डा. भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘२३ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य जोखिमपूर्ण अवस्थामा पुग्दा पनि लोकतान्त्रिक देशको राज्यले वार्ताको पहलसम्म नगरी बस्न मिल्छ ? यो क्रिमिनल नेग्लिजेन्स हैन ?’

डा. भट्टराई भनेका छन्,‘तुरुन्त वार्ता गर, समाधान खोज। डा. केसी बाँच्नुपर्छ।’ नेपाली उखान ‘मूर्खदेखि दैव डरा’ उल्लेख गर्दै भट्टराईले भनेका छन्, ‘कुर्सीमा बस्ने मूर्ख झन् डरलाग्दो हुन्छ। सबै चेतौं !’

Capture 2

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्