डा. बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण

Baburam n hisila
लाेकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

शनिबार डा. भट्टराईले ट्वीट गर्दै आफूहरुलाई कोरोना भएको जानकारी दिएका हुुन्। कात्तिक ७ गते उनीहरूले स्वाब दिएका थिए। अहिले उनीहरू होम आइसोलेसनमा छन्।

उनले ट्वीटरमा लेखेका छन्, “हिसिला र म दुवैलाई कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको हो। चिकित्सकहरूको सल्लाहबमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं। केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनु हुन विशेष आग्रह छ।”

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्