तीन मुलुकका लागि राजदूत नियुक्त, कुन देशमा को ?

Bidhya_Devi_Bhandari
  • 57
    Shares
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तीन मुलुकका लागि आज परराष्ट्र सेवाका तीन अधिकारीलाई आवासीय राजदूत पदमा नियुक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम बेल्जियम अधिराज्यका लागि गेहेन्द्र राजभण्डारी, इस्लामिक गणतन्त्र पाकिस्तानका लागि तापस अधिकारी र संघीय गणतन्त्र जर्मनीका लागि रामकाजी खड्कालाई राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्