देहरादुनमा कुटिएका नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेसको माग

BishwaPrakash_Sharma
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसले भारतको देहरादुनस्थित शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीलाई तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समाजिक सञ्जालमार्फत उक्त घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन पनि माग गरेका छन्।

शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई ट्विटरमा मेन्सन गर्दै उनले विद्यार्थीको अविलम्ब उद्धार र उक्त घटनाबारे विरोध जनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

‘देहरादुनमा अध्ययनरत नेपाली विद्यार्थीहरू निर्घात पिटिएको घटना अत्यन्तै गम्भिर छ,’ उनले लेखेका छन्, ‘वास्तविकता बुझ्न, सार्वजनिक गर्न, भारत सरकारको ध्यानाकर्षण गर्न, विरोध जनाउन, विद्यार्थीको अविलम्ब उद्दार गर्न परराष्ट्रमन्त्री र प्रधानमन्त्री को ध्यानाकर्षण गराउदछु।’