दोलखामा १ हप्ता निषेधाज्ञा जारी

Dolakha_CDO-officce
लाेकपाटी न्यूज

दोलखा, ७ असोन। जिल्ला प्रशासन कार्यालय दोलखाले एक हप्ताका लागि निषेधाज्ञा जारी गरेको छ। मानिसको चाप बढेसँगै कोरोना संक्रमित बढदै गएपछि एक हप्ताका लागि निषेधाज्ञा जारी गरिएको हो।

जिल्ला संकट व्यवस्थापन समितिको बैठकले आजदेखि एक हप्ताको लागि सदरमुकाम चरिकोट लगायत जिल्लाका मुख्य बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो।

जिल्ला भित्रको यातयातका साधनहरु भने आवश्यक सुरक्षा मापदण्ड पूरा गरी बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय बैठकले गरेको छ।

दोलखामा हालसम्म ७९ जना कोरोना संक्रमित भएका छन्। जसमध्ये ५२ जना निको भई घर फर्किएका छन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्