धरानमा कोरोना संक्रमित थप दुईको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

सुनसरी, ७ असोज। कोरोना संक्रमणबाट धरान उपमहानगरपालिका ८ का दुई महिलाको मृत्यु भएको छ।

उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार ५४ वर्षीया महिलाको विराटनगरस्थित नोबल अस्पतालमा र ६० वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको हो।

कोरोना पुष्टि भएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गर्न खोज्दा बेड अभाव भएपछि ५४ वर्षीया महिलालाई नोबल अस्पताल लगिएको थियो।

बेड नपाएर ६० वर्षीया महिला होम आइसोलेसनमै बस्न बाध्य भएकी थिइन्। यससँगै धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्