धानको मूल्य अहिलेसम्मकै उच्च

dhana
लाेकपाटी न्यूज

बर्दिया, १३ कात्तिक। धानको मूल्य अहिलेसम्मकै उच्च हुँदा कृषक खुशी भएका छन्। मोटा धानको मूल्य अहिलेसम्मकै उच्च निर्धारण गरेकोमा बर्दियाका कृषक खुशी भएका हुन्।

राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बिहीबारबाट धान खरिद सुरु गरेको छ। कम्पनीको मापदण्ड अनुसार पहिलो चरणमा मोटा धान खरिद शुरु गरिएको हो।
मोटा धान प्रति क्वीन्टल २ हजार ७ सय ३५ रुपैयामा खरिद गरिएको कम्पनीका प्रमुख धर्मराज पन्तले जानकारी दिए।

मकवानपुर धानको हकमा जिल्ला मुल्य निर्धारण समितिले निर्णय गरिसकेको भए पनि कम्पनीको केन्द्रीय कार्यलयवाट पत्र प्राप्त भइ सकेपछि मात्रै खरिद गरिने प्रमुख पन्तले बताए। कम्पनीले पहिलो पटक मोटाधान २५ हजार क्विन्टल खरिद गर्ने र आवश्यकता अनुसार थप गर्ने जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्