नुवाकोटको त्रिशुली अस्पतालको स्वाव संकलनसम्बन्धी कार्यविधि

trishuli-hospital-nuwakot pic
लाेकपाटी न्यूज

नुवाकोट, १२ कार्तिक। नुवाकोट जिल्ला त्रिशुली अस्पतालले कोरोना परीक्षणको लागि स्वाव संकलन सम्बन्धी कार्यविधि बनाएको छ। आर.टि.पि.सि.आर. को लागि स्वाव संकलन गरिने सम्बन्धी कार्यविधि बनाएको हो।

यस्तो छ अस्पतालको स्वाव संकलनसम्बन्धी कार्यविधि:

१. कोभिड(१९ संक्रमित व्यक्तिको सम्पर्कमा (नुवाकोट जिल्लामा)रहेका व्यक्तिहरु खोज पड्ताल (Contact Tracing) गरी सवै व्यक्तिलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टीनमा राख्ने ।क्वारेन्टीनमा बसेका व्यक्तिहरुमा कोभिड-१९ का सामान्य लक्षणहरु देखा परेमा निजको पिसिआर परीक्षणको लागि सम्बन्धित स्थानीय तहले स्वाव संकलन गरी परीक्षणको लागि पु¥याउने ।

२. स्वाव संकलनपूर्व संक्रमित व्यक्तिको सम्पर्कमा रहेका तथा निकट सम्पर्कमा रहेका व्यक्तिहरुको विवरण संक्रमित व्यक्ति पहिचान भएको २ दिन भित्र स्वास्थ्य कार्यालय नुवाकोटमा पठाउने।

३. कोभिड-१९ को Moderate/Severe जटिलता भएका बिरामीलाई अस्पतालमा परीक्षण तथा उपचारको लागि सम्बन्धित अस्पतालमा पठाउने ।

४. होम आइसोलेसनमा बसेका कोभिड-१९ संक्रमित व्यक्तिलाई निजको +Ve Report  मा भएको स्वाव संकलन मितिले १४ दिन वा सो पश्चात सम्बन्धित तहले स्वाव संकलन गरी (लक्षणहरु नभएमा मात्र)पिसिआर परीक्षणको लागि पठाउने। पिसिआर परिक्षण गर्दा नतिजा पुनः POSITIVE आएमा थप १ हप्ता होम आइसोलेसन राख्ने।

५. पिसिआर परिक्षणको लागि स्वाव Collection गरी पठाउनु पूर्व स्वास्थ्य कार्यालयका COVID फोकल पर्सनलाइ पूर्व सूचित गरी स्वाव संकलन मिति तथा संख्या एकिन गर्ने । साथै PCR ल्यावमा परीक्षण सुचारु रहेको नरहेको एकिन गर्ने ।

६. स्वाव संकलन पश्चात आवश्यक Case Investigation Form सहित स्थानीय तहको कभर लेटरमा परीक्षणको लागि पठाइएको नमूना संख्या व्यहोरा उल्लेख गरी अनिवार्य रुपमा सम्बन्धित स्थानीय तहको स्वास्थ्य शाखा प्रमुखरकोभिड-१९ फोकल पर्सनले दस्तखत सहित कार्यालयको लेटरहेडमा पठाउनु पर्नेछ।

७. अस्पतालमा प्रत्यक्ष आएका विभिन्न लक्षणयुक्त बिरामीहरुको सम्बन्धित रोग तथा कोभिड-१९ को प्रोटोकल अनुसार पिसिआर परीक्षणको लागि अस्पताल प्रयोगशालाबाट स्वाव संकलन गरिनेछ ।

८. त्रिशुली अस्पतालमा भएको PCR परीक्षणको सवै नतिजा HEOC, EDCD, NPHL टेकु,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, PHEOC , स्वास्थ्य कार्यालय नुवाकोट तथा सम्बन्धित स्थानीय तहलाई इमेलबाट तोकिएको Format मा दैनिक उपलब्ध गराउनेछ। अस्पताल भित्रका सेवाग्राहीको रिपोर्ट सम्बन्धित व्यक्तिलाई समेत उपलब्ध गराइनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्