नेपालमा कोरोना संक्रमितको संख्या डेढ लाख नाघ्यो

covid-19_corona
लोकपाटी न्यूज

काठमाडौं। नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या डेढ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा मात्र देशभर ४ हजार ४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। देशभरका प्रयोगशालामा १६ हजार ८६३ नमुना परीक्षण गर्दा १६९० महिला र २८०९ पुरुषमा संक्रमण पुष्टि भएको हो।

यससँगै कुल संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। उनीहरुमध्ये ८२९ जनाको मृत्यु भएको छ भने १ लाख ५ हजार ४८८ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४६ हजार ६९१ संक्रिय संक्रमित छन्। शुक्रबार मात्र २६ सय ६८ जनाले कोरोना जितेका छन्। यस्तै, २४ घण्टामा १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्