नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढ्योः कमल थापा

kamal thapa
लोकपाटी न्यूज

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको टिप्पणी गरेका छन्। सत्तारुढ र प्रमुख प्रतिपक्ष दलको अकर्मण्यता र गलत नीतिको परिणामस्वरूप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको उनको टिप्पणी छ।

समाजिक सञ्जालमा थापाले देशको स्वतन्त्रता र अस्तित्वबारे समयमै सचेत बन्नुपर्ने पनि बताए। छिमेकी दुई शक्ति राष्ट्र चीन र भारतसँगको सम्बन्धमा रणनीतिक सन्तुलन कायम गर्नुपर्ने उनको जोड छ। समदूरी र असंलग्नता कायम गर्नु नै नेपालको अस्तित्वको आधार भएको बताए।

‘भारत र चीनसँगको सम्बन्धमा रणनीतिक सन्तुलन, समदुरी र असंलग्नता नेपालको अस्तित्वको आधार हो,’ पूर्वपरराष्ट्र मन्त्री थापाले ट्विटरमा लेखेका छन्, ‘तर सत्तारुढ र प्रमुख प्रतिपक्ष दलका अकर्मण्यता र गलत नीतिको परिणास्वरुप अहिले नेपाल अन्तर्राष्ट्रिय शक्तिहरूको प्रतिस्पर्धास्थल बन्ने खतरा बढेको छ।’

भारतीय खुफिया संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग केही दिन अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको भेट भएपछि राप्रपा अध्यक्ष थापाको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्