पर्सामा ओली समूहद्वारा पूर्वमाओवादी नेताकाे हत्या

nekpa-neta jhadap
लाेकपाटी न्यूज

पर्सा, ७ असोज। नेपाल कम्युनिष्ट पार्टी (नकेपा) विन्दवासनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच झडप हुँदा एकको मृत्यु भएको छ। झडपमा गम्भीर घाइते भएका नेकपा गाउँपालिका सचिव मुकेश चौरसियाको मृत्यु भएको हो।

नेकपा गाउँपालिका कमिटिले शपथ ग्रहण कार्यक्रम आयोजना गर्दा तत्कालिन एमाले पार्टीका नेता कार्याकर्तालाई सहभागी नगराउँदा उक्त झडप भएको बताइएको छ। बिहीबार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रसौनीभाठामा भएको नेकपा कार्यकर्ताबीचको झडपमा उनी गम्भीर घाइते भएका थिए।

बिहीबार अपरान्ह १ बजे भएको दुबै पक्षका मृत्यु सहित ८ जना घाइते भएका थिए। झडपमा सक्रिय एक पक्षका दुई जना घाइते उत्तम तिवारी र चिन्टु तिवारीको नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ भने अर्का पक्षका घाइतेहरुको वीरगन्जकै एलएस न्युरो अस्पतालमा उपचाररत भइरहेको छ। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको थियो।

नेकपा पर्साका नेताहरुबीच आन्तरिक विवादका कारण केहि साता यता अलग-अलग सपथ ग्रहण कार्यक्रम हुँदै आएको छ। त्यही अनुसार एक पक्षले विन्दवासनी गाउँपालिका ५ परसौनी भाठामा गाउँपालिका कमिटीको शपथ ग्रहण आयोजना गरेको थियो भने अर्काे गुटका कार्यकर्ताले कार्यक्रम सहभागी हुन नपाउदा असन्तुष्ट जनाउँदै विरोध गरेपछि झडप भएको थियो। कार्यक्रमस्थलमा विवाद भएपछि दुबै पक्षबाट लाठी हानाहान भएको थियो।

यसैबीच, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला कार्यलय पर्साले जिल्ला कमिटी सदस्य तथा विन्दावासिनी गाउँपालिका कमिटिका सचिव चौरासियामाथि हमला गरी हत्या गर्नेहरुलाई कडा कारवाही गर्न माग गरेको छ।

शुक्रबार जिल्ला कमिटी पर्साले विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने, मुकेस चौरासियालाई शहिद घोषणा गर्नुपर्ने, घाइतेहरुलाई क्षतिपूर्ति र निःशुल्क उपचार गर्नुपर्ने माग गरेको छ।

ncp_parsa_v40tPZEXw0ncp_parsa2_hwRTMoB0HK