पोखरामा कोरोना संक्रमित एक महिलाको मृत्यु

coronadeath
फाइल तस्वीर
लाेकपाटी न्यूज

कास्की, १३ कार्तिक। पोखरामा कोरोना संक्रमित थप एक महिलाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको कोभिड उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत पोखरा-१३ की ३६ वर्षीया संक्रमित महिलाको बुधबार राति मृत्यु भएको हो।

कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएकी महिलाको राति ११ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१ पुगेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्