प्रचण्ड सचिवालयकाे खण्डन : ‘भारतीय गुप्तचरसँग भेट भएकाे छैन’

Prachanda
  • 682
    Shares
लाेकपाटी न्यूज

काठमाडौं, ६ असोज। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

‘प्रचण्ड र माधव नेपालसँग रअका प्रमुख गोयलको गोप्य भेट, बिहीबार मात्रै दिल्ली फर्कने’ शीर्षकमा केही अनलाइन मिडियाहरुमा प्रकाशित समाचारप्रति प्रचण्डको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ द्वारा जारी विज्ञप्तिमा भनिएको छ,‛सम्वेदनशील बिषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न अपील गर्दछु। ’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्