प्रदेश १ का आन्तरिक मामिलामन्त्रीलाई कोरोना संक्रमण

Hikmat_Karki
लोकपाटी न्यूज

मोरङ। प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलाई कारोना संक्रमण भएको छ। मन्त्री कार्कीले कन्टयाक्ट ट्रेसिङका आधारमा बिहीबार स्वाब परीक्षण गराएपछि आज कोरोना पोजेटिभ पुष्टि भएको उनका निजी सचिव रवि खनालले जानकारी दिए।

मन्त्री कार्कीले केही दिनदेखि सामान्य रुघाखोकी लागेकाले कन्टयाक्ट ट्रेसिङका आधारमा स्वाव परीक्षण गराएका थिए। उनी अहिले विराटनगरस्थित निवासमा आइशोलेसनमा बसेका छन्। मन्त्री कार्कीको स्वास्थ्यावस्था अहिले सामान्य छ। उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरे।

यसैगरी मन्त्री कार्कीका निजी सचिव खनानलाई पनि कोरोना पोजेटिभ देखिएको छ। उनी अहिले सुनसरीको धरानस्थित निवासमा आइशोलेशनमा बसेका छन्। उनको स्वास्थ्यावस्था पनि सामान्य छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्