प्रधानमन्त्रीले लिम्पियाधुराकाे मुद्दा छाेडे : राम कार्की

ram-karki
लाेकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गोप्य भेटघाट गरेको विषयले नेपाली राजनीति निकै तरंगीत बनेको छ। गोयलसँग गरिएको भेटघाटले निकै प्रश्नहरु पनि उब्जिएका छन् ।

सत्तारुढ नेकपाभित्र आन्तरिक विवाद चलिरहेको बेला र छिमेकी देश भारतसँग सीमा विवादले चरमता लिएको अवस्थामा भएको भेटप्रति निकै सशंयहरु पैदा भएका हुन्। पत्रकार सन्देश अर्यालले नेकपाका विदेश विभाग उपप्रमुखसमेत रहेका नेता सुरेन्द्र कुमार कार्कीसँग यसबारे केहि जिज्ञासा राखेको छ। नेता कार्कीसँग पछिल्लो घटना र यसले निम्त्याउने समस्याबारे गरिएको छोटो कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री ओलीले रअका प्रमुखसँग गोप्य भेटघाट गरेको विषयले अहिले राजनीतिक वृतमा निकै तरंग पैदा गराएको छ। तपाईँले कसरी हेर्नुभएको छ ?

अन्तराष्ट्रिय मान्यताअनुसार ‘ब्यूरोक्रेट्स’ (कर्मचारीतन्त्र)ले ब्यूरोक्रेट्सलाई नै भेट्ने चलन हुन्छ। तर, अमेरिकाको सहायक विदेशमन्त्री आउँदा ठाउँ–ठाउँका राष्ट्रपतिदेखि विदेशमन्त्रीसम्म जोडिएर जान्छन्। संयुक्त राष्ट्रसंघ बडापत्रका कुराहरु अनि सिरिया, इराक र अफगानिस्तानलाई हेर्दा विषय मिलेको देखिन्न। आर्दश मूल्यमान्यताको कुरा एउटा हो, तर व्यवहारमा त्यस्तो कमै हुन्छ। फेरि पनि मुख्य कुरा, ब्यूरोकेसीका मान्छेसँग ब्यूरोकेसीका मान्छेले नै भेट्दा राम्रो हुन्छ।

यो बिलकुल ‘वान मेन लेड’ (एकल नेतृत्वको)पार्टी बनाउन खोजिएको छ। नेकपालाई प्रणाली, सामुहिकता, सिद्वान्तमा हिँड्ने पार्टी होइन कि एउटा व्यक्तिको प्रतापमा बाँच्ने पार्टी बनाउन खोजिएको छ । पार्टीभित्र ‘गुट बरियाता’को पद्धति विकास गर्न खोजिएको छ।

रअका प्रमुखसँग प्रधानमन्त्री ओलीले भेट्दै गर्दा धेरै प्रश्न उठेका छन्। जहाँ सत्तारुढ पार्टीको भूमिका के भन्ने कोणबाट पनि चर्चा भएको छ। विदेश विभाग उप–प्रमुखको जिम्मेवारीमा रहँदै गर्दा यस विषयमा तपाईँको बुझाई केहो ?

यो बिलकुल ‘वान मेन लेड’ (एकल नेतृत्वको)पार्टी बनाउन खोजिएको छ। नेकपालाई प्रणाली, सामुहिकता, सिद्वान्तमा हिँड्ने पार्टी होइन कि एउटा व्यक्तिको प्रतापमा बाँच्ने पार्टी बनाउन खोजिएको छ । पार्टीभित्र ‘गुट बरियाता’को पद्धति विकास गर्न खोजिएको छ। जसको चर्चा आम सञ्चार माध्यममा पनि देखिन्छ।

कार्यसञ्चालन गर्ने विधि नयाँ बनाउने, प्रणाली नयाँ बनाउने भन्ने छैन। भनिएको समाजवादी लाइनमा पार्टीलाई लैजाने भन्ने पनि छैन। अब मौका पर्दा, हातमाथि हुँदा आफैंले व्यक्तिगत निर्णय गर्ने, कुन मन परेको छ त्यसलाई ड्यांग ड्यांग नियुक्ती दिने । अरुलाई आवश्यक परे कर्तव्यको पाठ पठाउने अवस्था छ। कर्तव्यको पाठ सबैलाई सिकाउने तर अधिकारको प्रयोग एकलै गर्ने अभ्यास देखिन्छ।

तपाईँ पार्टीको विदेश विभागको जिम्मेवारीमा पनि हुनुहुन्छ। भेटवार्ता हुँदै गर्दा तपाईँको विभागसँग पनि समन्वय त भयो होला नि ?

पार्टीभित्र त्यस्तो अवस्था नै छैन। भेटवार्ताबारे हामी सबैलाई थाहा हुने कुरा नै हुँदैन् । फेरि पनि भन्छु, उनी जे भएपनि ब्यूरोक्रेट्स हुन्। नोकरशाह हुन्। भारतमा हामीलाई थाहा भएसम्म प्रायः रअमा आईपिएसलाई लैजान्छन्। त्यस्तो मान्छेहरुसँग भेट्नु नै परे हाम्रो पनि ब्यूरोक्रेसीले भेट्ने कुरा मिल्छ।

सत्तारुढ नेकपाभित्र विवाद छ। पछिल्लो समय त्यो विवाद चुलिँदै गएको पनि देखिन्छ। यो परिस्थितिमा रअसँग पार्टीअध्यक्षसमेत रहेका व्यक्तिले भेट्ने विषयले अन्य प्रश्नहरु उब्जाउँछ कि उब्जाउँदैन् ?

अलिकति धमिलो भईसकेपछि, गज्याङगुजुङ्ग भईसकेपछि प्रश्न उठ्नु स्वभाविक हो। हिजोको परम्परागत रुपमा प्रभाव राखीराखेको छिमेकीले अलिकति महत्व लिईहाल्छ । तर नेपालले जान्दा खेरि छिमेकीसँग सन्तुलित कुटनीति अगाडि बढाउने यो सुर्वण अवसर पनि हो। किनभने हिजो चीन कमजोर थियो। हिजो ‘अफिम युद्व’ (१८३९ देखी चीन र पश्चिमादेशहरु बीच भएको युद्ध) पछाडि चीन निकै कमजोर भएर गयो। त्यसपश्चात हाम्रो कुटनीति पुरै दक्षिणतर्फ ढल्क्यो। तत्कालिन समयको अंग्रेज–भारतसँग भनौं।

तर, आज दुवै देश शक्तिशाली भएर आएका छन्। भारत पनि चीनपनि। यसले नेपाललाई आफ्नो बाटो छनौट गर्ने विकल्पसहितको अवसर दिएको छ। हामी धेरै सजिलो ठाउँमा छौं ।

मिलाउन जान्यौं भने कुटनीतिक रुपमा धेरै फाईदा लिन सक्छौं। तर, हाम्रा नेताहरु राष्ट्रिय हित, राष्ट्रिय स्वार्थभन्दा आफ्नो निजि स्वार्थमा लिप्त भईदिँदा अवसरहरु हाम्रो हातबाट गुमेको देखिन्छ। हामी सन्तुलनको राजनीति होइन कि महाशक्तिको खेलमा फस्ने खतरा बढेर गएको छ।

सीमा विवाद बढिरहेको बेलामा यो भेटघाट हुनु अत्यन्तै नसुहाउने कुरा हो । नेताहरु स्वतन्त्र छन्, स्वतन्त्र निर्णय गर्न सक्छन् भन्ने विषयलाई प्रमाणीत गर्न पनि प्रधानमन्त्री जत्तिको मान्छेले छिमेकका जासुससँग गोप्य भेटघाट गर्नु हुँदैनथ्यो । यसले लिम्पियाधुरा (सीमा)को मुद्दालाई पनि राजनीतिक खपतको लागि मात्रै गरिएको रहेछ भन्ने अर्थ दिएको छ। नेपाल र भारतबीच सीमा विवाद पनि उचाईमा पुगेको अवस्था छ । यस्तो भेटघाटले केहि घाटा पुग्छ ?

सहि कुरा गर्नुभयो, सीमा विवाद बढिरहेको बेलामा यो भेटघाट हुनु अत्यन्तै नसुहाउने कुरा हो। नेताहरु स्वतन्त्र छन्, स्वतन्त्र निर्णय गर्न सक्छन् भन्ने विषयलाई प्रमाणीत गर्न पनि प्रधानमन्त्री जत्तिको मान्छेले छिमेकका जासुससँग गोप्य भेटघाट गर्नु हुँदैनथ्यो। यसले लिम्पियाधुरा (सीमा)को मुद्दालाई पनि राजनीतिक खपतको लागि मात्रै गरिएको रहेछ भन्ने अर्थ दिएको छ।

अन्त्यमा, ऐतिहासिक मत प्राप्त बलियो पार्टीले सत्ताको नेतृत्व गरिरहँदा जनताले पनि सोहीअनुसारको अपेक्षा गर्दछन् । देश स्वाधिन होस्, निर्णय प्रक्रिया स्वतन्त्र हुन् भन्ने अपेक्षा आमको छ । तर, राष्ट्रियता र स्वाधिनताको नारा दिने सरकारको यो गतिविधिले निराशा देला नि है ?

यो बलियो नभनुँ। बलियो भनेको त, प्रणालीमा, सामूहिकतामा हुन्छ। एकजनाले नेतृत्व गर्ने पार्टीमा त उसको तागत शक्ति के–कति भन्ने थाहै हुँदैन। तागत कहिले सकिन्छ थाहै हुँदैन। नेतृत्वमा रहनेलाई म ठूलो पार्टीको भन्ने भ्रम परिरहन्छ तर त्यस्तो हुँदैन। देखियो नि त चाउचेस्कु (तानशाहका रुपमा कुख्याती कमाएका रोमानीयाली कम्युनिष्ट नेता) तथा गोर्वाचोभ (रशियाली नेता)लाई । प्रणालीमा नहिँडेपछि के तागत हुन्छ र ? संसार न्यूजबाट साभार

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्