प्रधानमन्त्री ओली र मन्त्री लेखराज भट्टबिच दूरी बढ्याे

oli bhatta
लाेकपाटी न्यूज

काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र प्रधानमन्त्री केपी शर्मा ओलीबीच दूरी बढेको छ। बालुवाटार निकट स्रोतका अनुसार सरकारका काम कारबाहीप्रति पार्टीले प्रश्न उठाउँदै प्रधानमन्त्रीको राजीनामा मागिएको बेला प्रधानमन्त्री ओलीको बचाउमा उत्रेका मन्त्री भट्टप्रति पछिल्लो समय प्रधानमन्त्री ओलीले विश्वास गर्न छोडेका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रालयका काम समेत भट्टलाई छोडेर राज्यमन्त्री दुगडमार्फत् गराउन थालेका छन्। गत बैशाखमा बहुमत स्थायी समिति सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा माग्दा भट्टले ओलीको बचाउ गर्दै उनको राजीनामाको विपक्षमा अभिव्यक्ति दिएका थिए।

पार्टीभित्र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध मोर्चाबन्दी भैरहँदा मन्त्री भट्टले भने प्रधानमन्त्री ओलीको विकल्प खोजिए मुलुकमा दुर्घटना हुने चेतावनी समेत दिएका थिए। भट्ट त्यसअघि अर्का अध्यक्ष प्रचण्डका विश्वासपात्रको रुपमा चिनिन्थे ।

‘मन्त्री भट्ट भन्दा पनि राज्यमन्त्री दुगड प्रधानमन्त्रीका लागि नजिक रहेका छन्। मन्त्रालयको काम पनि अहिले त राज्यमन्त्री दुगडकै निर्देशनमा हुने मात्रै होइन, कुनै कर्मचारीकोे सरुवा बढुवामा पनि दुगडकै हालीमुहाली हुने गरेको छ’ मन्त्रालयका एक कर्मचारीले भने।

मन्त्री भट्टले मन्त्री तथा मन्त्रालयमा नियुक्ति र बढुवाका लागि केही नाम सिफारिस गरे पनि ओलीले अस्वीकार गरेका छन्। गत साता रिक्त पदमा मन्त्री नियुक्ति तथा हेरफेरको तयारीमा जुटेका ओलीलाई भट्टले केही नाम दिएका थिए। तर, प्रधानमन्त्री ओलीले भट्टको सूचीलाई अस्वीकार गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्