प्रहरीले ओली समूहद्वारा हत्या गरिएका नेकपा कार्यकर्ताकाे जाहेरी बुझ्न मानेन

nekpa-neta jhadap
लाेकपाटी न्यूज

काठमाडौं, ८ असोज। पर्साको विन्दवासीन गाउँपालिका समितिका सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न पर्सा प्रहरी नमानेकोप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ।

घटना भएको ३ दिनसम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय रहेको भन्दै नेपाली कांग्रका प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा संघीय र प्रदेश दुबै सरकारलाई ध्यानाकर्षण गराइएको छ।

ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ नेकपाकै कार्यकर्ताको हत्याको जाहेरी समेत नबुझ्ने सरकारबाट कानूनी राज्यको कस्तो अपेक्षा राखौं ? पर्साको घटनामा प्रधानमन्त्री एवं नेकपाकै अध्यक्षको ध्यानाकर्षण गराउँदछौं। ’

सत्तारूढ दल नेकपाको स्थानीय दुई समूहबिच पर्सा जिल्लामा असोज ६ गते बिहिबार झडप भएको, एक घाइतेको उपचारक्रममा निधन भएको र दोषीमाथि कार्वाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेकोे सार्वजनिक समाचार विवरणहरुप्रति नेपाली कांग्रेसले गम्भीरतापूर्वक आकृष्ट भएको जनाएको हो। घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानूनी कार्वाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व रहको कांग्रेसले जनाएको छ।

जारी विज्ञप्तिमा भनिएको छ,‛ घटना विवरण अत्यन्तै दुःखद छ। अतः पर्साको घटनाको वास्तविकता तत्काल सार्वजनिक गर्न, विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको गहिरो छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरि कानूनी कार्वाही गर्न नेपाली कांग्रेस सरकार समक्ष माग गर्दछ।

नागरिकको जीवन रक्षा राज्यको प्रथम कर्तव्य हो। तर नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बन्दै गएको छ। प्रधानमन्त्रीकै जिल्ला झापामा यसविचमा कयौंको हत्या भएको छ, प्रतिपक्षी दलका समर्थक शुभचिन्तक यसविचमा देशको कयौं ठाउँमा आधा दर्जनको संख्यामा सत्तारूढ पार्टीका कार्यकर्ताबाट मारिएका छन्।पर्साको घटनामा आइपुग्दा सत्ता उन्मादमा रहेकोे दलभित्रको द्वन्द्वले आफ्नै कार्यकर्ताको हत्या गरेर चरम असहिष्णु, उग्र र आपराधिक चरित्रको विकास हुँदै गरेको संकेत गरेको छ।’

congress

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्