फागुन ७ गते १४ औं महाधिवेशन गर्न सकिँदैन् : रमेश लेखक

Ramesh lekhak2
लाेकपाटी न्यूज

काठमाडौं, १४ कार्तिक। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकले पार्टीको १४औं महाधिवेशनको तिथि मिति सार्नेबारे अबको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुने बताएका छन्।

बिहीबार बिहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा कुरा गर्दै नेता लेखकले यस्तो बताएका हुन्।

लेखकले भने,‘केन्द्रिय कार्यसमितिको बैठकमा आगामी महाधिवेशन यस्तो विषम परिस्थितिमा कसरी राम्रोसँग सम्पन्न गर्ने ? त्यसका लागि कार्यतालिकाको विषयमा सल्लाह र छलफल हुन्छ।’

केन्द्रीय कार्यसमिति बैठक बस्नुअघि नेताहरुको बैठक बस्ने नेता लेखकले बताए। धेरै विषयमा छलफल हुन्छ। कार्यतालिका, मिति नै परिवर्तन गर्नेबारे छलफल हुन्छ। तर, सहमतिमा निर्णय हुन्छ।’

उनले पार्टी सभापति शेरबहादुर देउवाले पनि फागुनमा महाधिवेशन नगर्ने भनेर कहिल्यै नभनेको स्पष्ट पारे। उनले भने,‘उहाँले फागनुमा महाधिवेशन नगर्ने भनेर भन्नुभएको छैन् । सभापतिजीले फागुनमा महाधिवेशन नगरौं भन्नुभएको थिएन। तर, अहिलेको परिस्थितिले महाधिवेशनको लागि सहज स्थिति भएन, अवस्था विकराल छ। फागुनमा महाधिवेशन गर्न परिस्थितिले दिएन। आज हामी कार्तिक १४ गतेमा छौं। फागुनमा महाधिवेशन गर्न तीन महिनामात्रै समय छ । वडादेखि अधिवेशन सम्पन्न गर्न सम्भव छैन् ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्