फिफा अध्यक्ष इन्फान्टिनोलाई कोरोना

fifa-president
लाेकपाटी न्यूज

एजेन्सी। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई कोरोना संक्रमण भएको छ। मंगलबार फिफाले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण भएको जनाएको हो।

५० वर्षीय इन्फान्टिनोलाई कोरोनाको सामान्य लक्षणहरु देखिएको र सेल्फ आइसोलेसनमा रहेको फिफाले जनाएको छ।

फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अध्यक्षलाई सामान्य लक्षण देखिएकाले सेल्फ आईसोलेसनमा बसेका उनी कम्तिमा १० दिन क्वारेन्टिनमा रहने छन्। फिफाले अध्यक्ष इन्फान्टिनोको स्वास्थ्यलाभको कामना पनि गरेको छ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्