फेसबुकमा यस्ता सामग्री शेयर गर्दा अकाउन्ट नै ब्लक हुनसक्छ

Facebook
लाेकपाटी न्यूज

काठमाडौं। अहिले सामाजिक सञ्जालको समय हो। मानिसहरु फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा निकै सक्रिय रहने गर्दछन्। विश्वभरका आधाभन्दा धेरैले मानिसले फेसबुकको प्रयोग गरिररहेका छन्। यस्तोमा मानिसहरु दैनिक जसो आफ्ना व्यक्तिगत विषय वा कुनैपनि अन्य प्रकारका सामग्रीहरु शेयर गरिरहेका हुन्छन्।

तर सामाजिक सञ्जालमा कुनै पोस्ट राख्नु वा शेयर गर्नुअघि तपाईंले यो कुरा जान्न जरुरी छ कि यदि तपाईंले सोचविचार नगरेरै कुनै सामग्री शेयर गर्नुभयो भने तपाईंको अकाउन्ट ब्लक हुन सक्छ वा तपाईं जेल जानुपर्ने अवस्था समेत आइलाग्न सक्छ।

पक्कै पनि कतिपय समय फेसबुक जस्ता सामाजिक सञ्जालमा मानिसहरु अभिव्यक्ति स्वतन्त्रताको नाममा जुनसुकै प्रकारका सामग्री शेयर गरिदिन्छन्। तर फेसबुकले यस्ता प्रयोगकर्ताको पोस्ट डिलिट गरेर उनीहरुको अकाउन्ट बन्द गरिदिन सक्छ।

आज हामी तपाईंलाई कस्तो खाले सामग्री फेसबुकमा प्रतिबन्धित छ भन्ने कुराको जानकारी दिँदै छौं । ताकि तपाईं भुलवस पनि यस्ता सामग्री पोस्ट वा शेयर गर्नबाट जोगिन सक्नुहोस्।

हिंसा फैलाउने वा धम्की दिने

यदि तपाईं फेसबुकमा कुनै प्रकारको हिंसा भड्काउने पोस्ट, विषयवस्तु वा अभिव्यक्ति शेयर गर्नुहुन्छ, त्यस्तो अवस्थामा तपाईंको फेसबुक तुरुन्तै ब्लक हुन सक्छ । तपाईं कुनै व्यक्ति, समूह वा स्थानमा हिंसालाई प्रोत्साहन गर्ने किसिमका सामग्री फेसबुकमा राख्न पाउनुहुन्न।

यसबाहेक तपाईं फेसबुकमा कुनै व्यक्तिलाई धम्की दिन पनि पाउनुहुन्न। साथै तपाईं पैसा माग्ने वा हतियार खरिद बिक्रीसँग जोडिएको पोस्ट समेत शेयर गर्न सक्नुहुन्न। यदि त्यसो गर्नुभयो भने तपाईंको फेसबुक अकाउन्ट बन्द गरिनेछ ।

आतंकवादी गतिविधि

घृणा फैलाउने, हिंसा फैलाउने, कसैको हत्या, मानव तस्करी, अपराधिक गतिविधि जस्ता कुनै प्रकारको आतंकवादी गतिविधिसँग जोडिएका सामग्रीयुक्त पोस्ट तपाईं फेसबुकमा शेयर गर्न पाउनुहुन्न।

यदि तपाईंले यस्ता कुनै पोस्ट गर्नुभयो भने तपाईंको अकाउन्ट ब्लक हुन सक्छ। कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय संगठनलाई धम्की दिने वा हिंसात्मक गतिविधिमा शामिल हुँदा समेत फेसबुक यी सबै चिजलाई ब्लक गरिदिन सक्छ। यस्तो अवस्थामा तपाईंको अकाउन्ट पनि ब्लक गरिन्छ।

प्रतिबन्धित चिजको खरिद बिक्री

तपाईं सामाजिक सञ्जालमा कुनै प्रकारको प्रतिबन्ध लागेको औषधी, ड्रग वा गोला बारुद तथा हात हतियारसँग सम्बन्धित खरिद बिक्रीका पोस्टहरु शेयर गर्न सक्नुहुन्न । यदि तपाईं यस्ता सामग्री शेयर गर्नुहुन्छ भने तपाईंको अकाउन्ट तुरुन्तै बन्द हुनेछ।

बिना अर्थ कसैलाई पोक गर्नु

तपाईं सामाजिक सञ्जाल फेसबुकमा बिना अर्थ कसैलाई पोक गर्नुहुन्छ। वा भनौं बिनाकारण तपाईं कसैलाई हैरानी दिनुहुन्छ भने ख्याल राख्नुहोस्, यसो गर्दा समेत तपाईंको ट्र्याक रेकर्ड खराब हुँदै जान्छ र तपाईंको अकाउन्ट बन्द हुन सक्छ। टेकपानाबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्