फेसबुकले ल्यायो ५० देशमा सार्वजनिक डेटिङ एप

Facebook
लाेकपाटी न्यूज

एजेन्सी। फेसबुकले आफ्नो डेटिङ एप ल्याएको छ। कम्पनीले आफ्नो नयाँ डेटिङ एपलाई युरोपमा सार्वजनिक गरेको हो।

फेसबुकको यो नयाँ एपले टिन्डर, ओकेकुपिड र ह्यापन जस्ता एपहरुसँग प्रतिस्पर्धा गर्नेछ। द भर्जका अनुसार फेसबुक डेटिङ एपलाई युरपका लगभग ५० वटा देशमा सार्वजनिक गरिएको छ।

कम्पनीले यो डेटिङ एपलाई यसै वर्षको १४ फेब्रुअरी अर्थात भ्यालेन्टाइन डेको दिन सार्वजनिक गर्न चाहेको थियो । तर कोरोना भाइरसको महामारीका कारण एपको लञ्चिङमा ढिलाइ भएको हो।

फेसबुक डेटिङ एप यसअघि नै अमेरिकामा सार्वजनिक गरिएको थियो।
के छ यसमा ?

प्राप्त जानकारीका अनुसार फेसबुक डेटिङ एपमा प्रयोगकर्ताको रुचिअनुसार म्याचिङ गराइन्छ। प्रयोगकर्तालाई उचित म्याच सुझाउनका लागि फेसबुकका एक्टिभ तथा रुचिकर र अरुचिकरलाई उपयोग गरिनेछ।

फेसबुकको डेटिङ एप केवल मोबाइल भर्सनमा मात्रै उपलब्ध हुनेछ। प्रयोगकर्ताले आफ्नो इन्स्टाग्राम र फेसबुकको फोटो समेत आफ्नो प्रोफाइल वा टाइमलाइनमा प्रयोग गर्न सक्नेछन्।

प्रयोगकर्ताले आफ्नो डेटलाई इम्प्रेस गर्नका लागि इन्स्टाग्राम स्टोरीलाई समेत प्रयोग गर्न सक्नेछन्। यसबाहेक फेसबुक डेटिङमा म्यासेञ्जर जस्तै एउटा फिचर हुनेछ, जसको प्रयोग च्याटिङका लागि हुनेछ।

एप एन्नीको हालैको रिपोर्ट अनुसार विश्वभरमा सबैभन्दा धेरै रकम डेटिङ एपमा खर्च हुने गर्दछ। प्रयोगकर्ताहरु यी एपमा पैसा खर्च गर्न कुनै कञ्जुस्याई गर्दैनन्। फेसबुकको यही सेग्मेन्टमा बढी ध्यान छ। प्रयोगकर्ता र आम्दानी बढाउने योजना अनुसार फेसबुकले यो एप सार्वजनिक गरेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्