फ्रान्समा दोस्रो चरणको लकडाउन : पेरिस छाड्नेको लर्को

france pic
लाेकपाटी न्यूज

काठमाडौं। फ्रान्समा दोस्रो चरणको लकडाउन घोषणा भएपछि राजधानी पेरिस छाड्नेको संख्या ह्वात्तै बढेको छ।

शुक्रबार रातिदेखि दोस्रो चरणको लक डाउन कार्यान्वयनमा आउने भएपछि राजधानीमा बसिरहेकाहरुले सहर छोड्दा ७ सय किलोमिटरसम्म लामो ट्राफिक जाम भएको बीबीसीले जनाएको छ। फ्रान्समा पछिल्लो केही दिनयता कोरोना संक्रमितसँगै ज्यान गुमाउनेको दर पनि बढ्दै गएको छ।

त्यहाँ बिहीबारमात्रै साढे ४७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। साथै, २ सय ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ। दोस्रो चरणको लकडाउन लागू भएपछि फ्रान्सका स्थानीयले अतिआवश्यक काम नपरी घरबाहिर निस्कन पाउने छैनन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्