बाँकेका प्रमुख जिल्ला अधिकारीलाई कोरोना

covid-19_corona
लाेकपाटी न्यूज

बाँके, ११ कार्तिक। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई कोरोना संक्रमण भएको छ।

सहायक प्रमुख जिल्ला दीर्घराज उपाध्यायका अनुसार स्वाब परीक्षण गर्दा मंगलबार प्रमूख जिल्ला अधिकारी कुरुम्बाङलाई कोभिड-१९ पोजिटिभ देखिएको हो।

कोरोना पोजिटिभ देखिए पनि प्रजिअ कुरुम्बाङको स्वास्थ्य अवस्था भने सामान्य रहेको उपाध्यायले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्