‘बाँचुञ्जेल राम्रो काम गर्नु नै सफल जीवन हो’

Ghana Shyam Bhusal
लोकपाटी न्यूज

सिद्धार्थनगर। कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मान्छेले बाँचुञ्जेल जति राम्रो काम गर्छ त्यति नै उसको जीवन सफल हुने बताएका छन्।

भैरहवामा दशकौँदेखि चिकित्सा सेवा दिँदै आएका डा निशाकिरण बस्यालको निधनको आठौँ दिन नेकपा रुपन्देही क्षेत्र नम्बर ३ को संयोजनमा भएको श्रद्धाञ्जलि कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा स्थायी कमिटी सदस्य भुसालले डा बस्यालले आफ्नो जीवनकालमा दुःखीगरीबका सेवामा दिएको समय स्मरणीय रहने बताए।

उनी र उनका श्रीमान् डा रामप्रसाद बस्यालले रुपन्देहीका दुःखीगरीबको उपचारमा पुर्‍याएको योगदान अतुलनीय रहेको र त्यसको राज्यले कदर गरिरहने भुसालले स्पष्ट गरे। मन्त्री भुसाल आजै काठमाडौंबाट भैरहवा आएको नेकपा क्षेत्रीय संयोजक हितराज पन्थीले जानकारी दिए।