बागमती प्रदेश प्रमुख प्रसाईलाई कोरोना पोजेटिभ

Bishnu prasae
लाेकपाटी न्यूज

झापा, १२ कार्तिक। बागमती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोरोना संक्रमण भएको छ। उनले मंगलबार पिसिआर रिपोर्ट पोजेटिभ आएको बताएका छन्।

उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए।विगत पाँच दिनदेखि शरीर दुख्ने, पसिना आउने जस्ता सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए। हाल घरमै आइसोलेसनमा रहेका उनका छोरा राजेशलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्