बिहीबार २३ सय ६४ जना कोरोना संक्रमित थपिए

corona_test
लाेकपाटी न्यूज

काठमाडौं, १३ कार्तिक। नेपालमा थप २३ सय ६४ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा नौ हजार सात सय ६९ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप संक्रमितमध्ये काठमाडौं उपत्यकाका १६ सय १५ जना छन्। आज थप भएकोसमेत देशभर हालसम्म एक लाख ६४ हजार सात सय १८ जना संक्रमित भइसकेका छन्।

त्यसैगरी तीन हजार ३८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या एक लाख २४ हजार आठ सय ६२ पुगेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३८ हजार नौ सय ५२ रहेको मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार संक्रमितमध्ये तीन सय चारजनाको आइसियू र ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्