भोलीदेखि कोरोनासम्बन्धी मिडिया ब्रिफिङ नहुने

corona doctor
लाेकपाटी न्यूज

काठमाडौं, ६ असोज। कोरोनासम्बन्धी जानकारीमूलक मिडिया ब्रिफिङ भोलि(फूलपाति) देखि नहुने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी जानकारीमूलक मिडिया ब्रिफिङ भोलि(फूलपाति) देखि नहुने भएको हो।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताएअनुसार दसैं बिदा पर्न गएकाले भोलि शुक्रबादेखि पाँच दिनसम्म ब्रिफिङ नहुने भएको हो।

तर कोरोनाबारे सबै जानकारी भने मन्त्रालयको वेभसाइटमार्फत् जानकारी गराइने उनले जानकारी दिए। आउँदो बुधबारदेखि पुनः ब्रिफिङ गरिने पनि गौतमले जानकारी गराए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्