मनोज गजुरेललाई कोरोना संक्रमण

Manoj-Gajurel
लाेकपाटी न्यूज

काठमाडौं, ११ कार्तिक। हास्यकलाकार मनोज गजुरेलाई कोरोना संक्रमण भएको छ। आइतबार गरिएको पीसीआर परिक्षणमा कोरोना पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले जानकारी गराएका हुन्।

टाउको दुख्ने, ज्वरो आउँने र ढाड दुख्ने समस्या देखिएपछि परिक्षण गराउँदा पोजेटिभ देखिएको उनले उल्लेख गरेका छन् ।कोरोना पुष्टिपछि सेल्फ आइसोलेसनमा रहेको समेत उनले बताएका छन्।

गजुरेलले फेसबुकमा लेखेका छन्, ‘मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु।’

उनले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन समेत आग्रह गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्