महानगर प्रमुख दाहालद्वारा बडा दसैंको शुभकामना

Renu Dahal pic
लाेकपाटी न्यूज

चितवन, ७ असोज। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बडा दसैंको अवसरमा शुभकामना व्यक्त गरेकी छिन्।

बिहीबार एक शुभकामना वक्तव्य जारी गर्दै प्रमुख दाहालले भेनकी छिन्, ‘समस्त भरतपुर महानगरवासी बुबाआमा, दाजुभाइ, दिदीबहिनीहरू तथा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

यस पटकको बडा दसैं विश्वव्यापी रूपमा फैलिएको र नेपालमा पनि दिनानुदिन बढिरहेको कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच विशेष सावधानीका साथ मनाउनुपर्ने अवस्था रहेको बताउँदै उनले कोरोनाबाट आफू जोगिने र घर परिवार, समुदायलाई यसको संक्रमणबाट जोगाउनु हामी सबैको सामूहिक जिम्मेवारी बनेको उल्लेख गरेकी छिन्।

कोरोना माहामारीका बेला सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई पालना गर्दै व्यक्तिगत दूरी कायम गरी घरमै बसेर घरका परिवारसँग मितव्ययी र सरल ढंगले दसैं पर्व मनाउन सम्पूर्ण महानगरवासीहरुलाई प्रमुख दाहालको आग्रह छ।

122147734_1854138914755602_6194751695062828054_n

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्