माओवादी केन्द्रका अध्यक्ष गाेपाल किराँतीले दिए राजीनामा

gopal-kirati maoist
लाेकपाटी न्यूज

काठमाडौं, १२ कार्तिक। पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले पार्टी अध्यक्षबाट राजीनामा दिएका छन्। उनको राजीनामापछि वरिष्ठ उपाध्यक्ष तिलक थापा मगरलाई पार्टी अध्यक्षको जिम्मेवारी दिइएको छ।

पार्टीभित्र अल्पमतमा परेपछि किराँतीले राजीनामा दिएका हुन्। पार्टीमा अल्पमत बहुमत भन्दा पनि स्वास्थ्यका कारण किरातीले अध्यक्षको जिम्मेवारी छोडेको महासचिव कर्णजित बुढाले बताए।

बुढाले भने,‘अध्यक्ष ज्यूले मेरो स्वास्थ्य स्थिति ठीक भएन। थप अध्ययन पनि गर्नुपर्ने भन्नुभयो। स्वेच्छाले अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष तिलक थापा कमरेडलाई छोड्दिनुभयो।’

मंसिर पहिलो साता पार्टीको केन्द्रीय कमिटी बैठकले नयाँ नेतृत्व चयन गर्ने बुढाले बताए। एमाले–माओवादी एकता भएपछि किरातीले माओवादी केन्द्र पुनर्गठन गरेका थिए। किराँतीले झण्डै तीन वर्ष पार्टी अध्यक्षको जिम्मेवारी सम्हाले।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्